Logo
|
Friday 26th April 2024
Logo

epaper

डा.केसीको मागलाई लिएर प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच छलफल



प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीका मागका सम्बन्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारी वार्ता टोलीका सदस्यहरुसँग छलफल सुरु गर्नु भएको छ। चिकित्सा शिक्षा विधेयकमा छलफल केन्द्रित रहने बताइएको छ ।

दिउँसो ३ बजेबाट सुरु भएको छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव सहभागी हुनुहुन्छ। छलफलमा डा.केसीका प्रतिनिधिलाई भने बोलाइएको छैन ।

संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरे पनि डा.केसीले भने असहमति जनाएका थिए । यसैबीच विधेयक पारित गरेर डा.केसीको अनशन तोड्न सरकारी प्रयास असफल भएपछि डा.केसीको अनशन २१ औं दिनमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्