Logo
|
Wednesday 24th April 2024
Logo

epaper

डा.केसीको स्वास्थ्य अवस्था नाजुक,सहमति नभए सबैभन्दा लामो अनशन



चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै नाजुक बनेको छ ।

विगत २२ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको बताँउनु हुदै चिकित्सकहरुले श्वास प्रशवासमा समस्या देखिन थालेको बताउनु भएको छ । मुटुको चालमा समेत उतार—चढाव आएको भन्दै चिकित्सकहरुले उहाँको मुटुको गति प्रतिमिनेट २ सय भन्दा बढी पुगेको बताउनु भएको छ ,उहाँलाई चौबीसै घण्टा अक्सिजन दिएर राखेका छौं । भेण्डिलेटरसमेत तयारी अवस्थामा राखिएको छ ।

डा.केसीको अवस्था नाजुक बन्दै जाँदा सरकारी पक्ष र डा.केसीका प्रतिनिधि बीच सम्झौता भने हुन सकेको छैन । सरकारी पक्ष र डा.केसीका प्रतिनिधि बीच सोमबार भएको वार्ता सफल हुन सकेन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.केसीका मागहरु पुरा गर्नका लागि आवश्यक गृहकार्य गरे ता पनि त्यसले सफलता प्राप्त गर्न सकेको छैन ।

अनशन २२ औं दिनमा आइपुगेको छ यसअघिको दशौ अनशनमा डा.केसीले २२ दिन बिताउनु भएको थियो । जुन कार्तिक २८ गते सुरु भएर मंसिर १९ गतेसम्म चलेको थियो । यदि आज सरकारी पक्ष सँग सहमति नभएको खण्डमा यसअघि अनशन बसेको सबै रेर्कडहरु तोड्निे छन् । त्यस्तै सहमति नभएको खण्डमा भने यो सबैभन्दा लामो अवधिको अनशन हुने छ ।

प्रतिक्रिया दिनुहोस्