Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्री राहत र उद्धारमा



स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बाढी प्रभावित जिल्लामा उद्धार, राहत तथा महामारीजन्य रोगबारे जनचेतना अभियानमा जुट्नुभएको छ ।
सोमबार बिहानदेखि मन्त्री पोखरेल महोत्तरीको लोहाटपरी, रामगोपालपुर, जलेश्वर , मंगाहा, मटिहानी , वर्दिबास लगायतका क्षेत्रमा गइ राहत तथा उद्धार कार्यमा जुट्नुभएको हो ।
राहत तथा उद्धार कार्यपछि मन्त्री पोखरेलले जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक बोलाएर तत्काल राहत तथा उद्धार कार्यमा जुट्न सबैसँग आग्रह गर्नुभयो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला जनस्वास्थ्य प्रमुख, नेपाल प्रहरी प्रमुख लगायतका सुरक्षा निकाय सहितको बैठकमा मन्त्री पोखरेलले अझै बाढी पीडितलाई राहत र उद्धार नपुगेको भन्दै तत्काल राहतको व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले महोत्तरीका ४० हजार परिवार बाढीबाट प्रभावित भएको भन्दै तीन लाख सर्वसाधरणलाई तत्काल राहतको आवस्यकता रहेको बताउनुभयो । मन्त्री पोखरेलले महोत्तरीका अधिकांश अस्पतालहरु डुबान भएको जानकारी दिँदै बिरामीलाई दुईतलामाथि सारेर उपचार भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्