Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बाढी प्रभावितलाई पाँच स्थानमा शिविर



 

बाढीले डुबानमा परेका जिल्लाका पाँच स्थानमा आज छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर आयोजना गरिएको हो ।
भरतपुर अस्पताल विकास समितिको नेतृत्वमा सौराहाको बछ््यौली, चितवन मेडिकल कलेजको नेतृत्वमा राप्ती नगरपालिका, निजी अस्पताल समन्वय समितिको नेतृत्वमा माडी, कलेज अफ मेडिकल साइसेन्सको नेतृत्वमा खैरहनी र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा मेघौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा जाँच गरिनाका साथै आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ । शिविरसँगै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले समेत ती स्थानमा सेवा दिइरहेका छन् । पशुसेवा, खानेपानी तथा सरसफाइ डिभिजन, महिला विकासलगायत सरकारी कार्यालयले तत्कालको आवश्यकता पहिचान गरी सेवा दिइरहेको बताइएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले बाढीग्रस्त क्षेत्रमा पशु चौपायासमेत मरेकाले महामारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखी प्रारम्भिक अवस्थामै जनचेतनासमेत जगाउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

गत शुक्रबारदेखि आएको बाढीले चितवनका माडी, मेघौली, जगतपुर, पटिहानी, सौराहा, खैरहनी, भण्डारा, पर्सा, लोथरलगायत क्षेत्र प्रभावित छन् । जिल्लामा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै हजारौँं घरपरिवार प्रभावित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्