Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यमा असर गरेको भन्दै पोल्ट्री फर्ममा स्थानीयले लगाए ताला



बाराको जिनगढ नगरपालिका—७ योजना टोलस्थित रहेको कान्तिपुर पोल्ट्री ब्रिडिङ्ग फर्मबाट आएको दुर्गन्धले स्थानीयको स्वास्थ्यमा असर पारेको भन्दै स्थानीयले उद्योगमा तालबन्दी गरेका छन् ।

दुर्गन्धले घरमा बस्न कठिन हुनुको साथै श्वासप्रश्वास र छालाका समस्याहरु देखिन थालेको भन्दै स्थानीयले उद्योगमा ताला लगाएका छन् ।

दुर्गन्धका कारण स्वास्थ्यमा समस्या तथा घरमा बस्न समेत कठिन भएको भन्दै
योजना टोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा स्थानीयले एक हप्तासम्म उद्योगको गेटमा धर्ना दिएका थिए ।

उद्योग कै केहि कर्मचारीहरुले स्थानीयको माग उचित रहेको भन्दै समर्थन समेत गरेका थिए ।

त्यस्तै स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले दुर्गन्धका कारण स्थानीयको स्वास्थ्य जोखिममा पार्न नहुने बताएका छन् । उनीहरुले सो विषयमा उद्योग प्रशासन गम्भिर बन्नु आवश्यक रहेको बताँउदै दुर्गन्ध हटाउन नसके उद्योग स्थान्तरण गर्नु आवश्यक भएको बताएका छन् ।

उद्योग सञ्चालन नवराज पौडेलले दुर्गन्ध पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको स्वीकार गदै उद्योग हटाउन नसकिने बताए । उनले अघि भने ,यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार दुर्गन्ध नियन्त्रण गर्न नसकिएको र अब वाटरफिल्टर र चिम्नी जस्ता प्रविधिको प्रयोग गरेर दुर्गन्ध हटाउने प्रयास भईरहेको बताए ।

घटनापछि समाधानको लागि भन्दै जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय र उद्योग प्रशासनलाई छलफलका लागि बोलाएको छ ।

प्रशासनले बाराका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली सम्बन्धित क्षेत्रमा पठाएको छ ।
यसैबीच पशु कार्यालय, स्वास्थ्य कार्यालय, वातावरणसहीतको टोली पोल्ट्री फर्मको निरीक्षण गरेर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्