Logo
|
Tuesday 26th November 2024
Logo

epaper

पानी सुकेसँगै र्सपदंशका बिरामी बढे



मोरङमा विशालु र्सपको विगविगी बढेसँगै र्सपदंशका बिरामी बढेका छन् । विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा मात्र र्सपदंशका दैनिक दर्जनभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेको बताइएको छ ।

त्यस्तै जिल्लाका स्वास्थ्य केन्द्र र चौकीहरुमा समेत र्सपदंशका बिरमी बढेको बताइएको छ । ग्रामिण क्षेत्रमा र्सपदंशको घटना बढी हुने गरेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा लामो समयदेखि जमेको पानी सुक्न थालेपछि र्सपहरु बाहिर निस्किएको विज्ञहरुको भनाई रहेको छ ।

त्यस्तै बाढीका कारण विस्थापित बनेका सर्वसाधरणहरु बिरामी पर्न थालेको छन् । नहरको ढिल ,खोला र अस्थायि शिविरमा बस्दै आएका सर्वसाधरणहरु बिरामी पर्न थालेका हुन् । उनीहरुमा झाडापखला ,ज्वरो र छाला सम्वन्धि समस्या देखिन थालेका छन् ।

विशेषगरी बालबालिका वृद्धवृद्धामा बढी स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्