Logo
|
Saturday 20th April 2024
Logo

epaper

लहानः निर्मलिकरण गरेर पानी किन नपिउने



जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा दूषित पानी, खाना, प्रदुषणका कारण हुनसक्ने कमलपित्त (जण्डिस), झाडापखाला, ज्वरो, रुघा, खोकी, बान्ता आउने, रिंगटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधिको प्रबन्ध मिलाइएको छ ।

बाढीका कारण खानेपानी दूषित भएकाले पानी शुद्धीकरणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायत खानेपानीका क्षेत्रमा कार्यरत सङ्घघसंस्थाले इटारी प्रसाहीका बाढीबाट पीडित ७६ परिवारलाई हाइजिंब किट, पियुस र बाल्टिन वितरण गरेको छ ।

दूषित पानी निर्मलीकरण गर्न यस्ता सामान वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहको भनाइ छ ।
बाढीबाट विस्थापित स्थानीय विद्यालयमा शरण लिएका २ सय ४८ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्