Logo
|
Friday 29th March 2024
Logo

epaper

अज्ञात रोगः एउटै गाउँमा २ सय बिरामी



रुकुम जिल्लाको आठविसकोट नगरपालिको ३ नम्बर दुर्गम गाउँ खदीमा अज्ञात रोगले २ सय भन्दा बढी बिरामी भएका छन् । उनीहरुमा एक सातादेखि टाउको, पेट, हातगोडा दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । दैनिक रुपमा यस किसिमका बिरामीहरु बढिरहेका छन—स्थानीय कल्पना बुढाथोकी भन्नुहुन्छ ।

कतिपय बिरामीको अवस्था चिन्ताजनक देखिएको छ । तर स्वास्थ्य चौकीमा सामान्य औषधि समेत छैन । रोग लाग्नुको कारण पनि पत्ता लागेकोे छैन ।

यता आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मीसहित औषधि पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुहुन्छ । यो प्रकोपलाई तत्काल नियन्त्रण नल्याउमा महामारी फैलिनसक्न जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्