Logo
|
Friday 29th March 2024
Logo

epaper

सम्बन्धन बिरुद्ध आन्दोलनमा उत्रने संघको चेतावनी



नेपाल चिकित्सक संघले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन फिर्ता लिन माग गरेको छ ।
प्रेस विज्ञप्ती जारी गर्दै संघले भनेको छ—‘प्रा. डा. गोविन्द के.सी.को आमरण अनसन एवं नेपाल सरकार र नेपाल चिकित्सक संघ बीच भएको सम्झौता विपरित नेपाल सरकारबाट हालै प्रदान गरिएको नेशनल मेडिकल कलेजको सम्बन्धनप्रति घोर आपत्ति प्रकट गर्दछौंं । यथासिघ्र उक्त सम्बन्धन खारेज गर्न नेपाल सरकारसमक्ष संघ जोडदार माग गर्दछ ।’

‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्व साधारण जनताको पहुँचमा पु¥याउने दायित्व कस्को हो ? नेपाली चिकित्सा शिक्षामाथी गरिएको यसप्रकारको पूर्वाग्राही सोचले हामी कस्तो गुणस्तरीयता प्राप्त गर्न खोज्दैछौं ? राज्यले पटक पटक सम्झौता गर्छ, अनी त्यसको मसी सुक्न नपाउँदै उलंघन गर्ने जस्तो अस्वभाविक क्रियाकलाप अव कदापि मान्य हुन सक्दैन ।’—विज्ञप्तीमा भनिएको छ—‘यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथी नै धब्बा लाग्न पुगेको नेपाल चिकित्सक संघको ठहर छ ।’
‘अबको आन्दोलन चिकित्सकहरुको मात्र नभई समग्र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्ति, सरोकारवाला निकाय तथा आम सर्वसाधारण नागरिकहरु समेतको हुनेछ । राज्यले यस प्रकारको एकतर्फी निर्णय गर्दै स्वास्थ्य क्षेत्रलाई अराजकता तर्फ मोड्ने निर्णयको घोर भत्र्सना र निन्दा गर्दै यस्तो गम्भिर प्रकारको निर्णयका विरुद्ध अब नेपाल चिकित्सक संघ कडा आन्दोलन गर्न बाध्य हुनेछ ।’ विज्ञप्तीमा भनिएको छ—‘हाम्रो यस बाध्यात्मक निर्णयबाट सर्व साधारणमा पर्न सक्ने असुविधाको जिम्मेवार नेपाल सरकार नै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्