Logo
|
Tuesday 26th November 2024
Logo

epaper

निःशुल्क उपचार



चितवन मेडिकल कलेजका विद्यार्थीले बाढीबाट अति प्रभावित क्षेत्रमध्ये सप्तरीको रम्पुरा मल्हनिया र मैनाकडेरीमा तीदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

कलेजका १८ चिकित्सकको एक टोलीले बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई निःशुल्क उपचार गर्ने र औषधि दिने चिकित्सक टोलीमा सहभागी प्रकाश मण्डलले जानकारी दिनुभयो । हनुमाननगर कंकालिनी नगरपािलका–१५ रम्पुरा मल्हनियाका करिब ३५० र मैनाकडेरीका २५० बाढीपीडितलाई जाँच गरी निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा खासगरी सबैभन्दा बढी महिलामा कमजोरी, रक्तचाप कम भएको, हाडजोर्नी दुख्ने, रिंगटा लाग्ने लगायत समस्या रहेको र झाडापखाला, रुघाखोकी र श्वासप्रश्वासका रोगका लक्षण देखापरेको विद्यार्थी फोरम सप्तरीका अध्यक्ष सत्येन्द्रनारायण यादवले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्