Logo
|
Tuesday 16th April 2024
Logo

epaper

काठमाडौं नेशनल मेडिकल कलेजको अनुगमनका लागि कार्यदल गठन



त्रिभुवन विश्वविद्यालयले हालै सम्बन्धन दिएको घट्टेकुलोस्थित काठमाडौ नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अनुगमन गर्न कार्यदल गठन गरेको छ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले अस्पतालको स्थलगत निरिक्षण गरी प्रतिवेदन बुझाउन आठ सदस्यीय कार्यदल गठन गर्नुभएको हो । उक्त कार्यदललाई सात दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा तोकिएको छ ।
कार्यदलका सदस्यहरुमा डा दीपेन्द्ररमण सिंह, डा गुणराज लोहनी, डा भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा रुना झा, वीर अस्पतालका रेडियोलोजिस्ट डा स्वयम्प्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा हुनुहुन्छ ।
शिक्षण अस्पतालमा चिकित्सक नभएको, भौतिक संरचना नभएको, बिरामी नभएको लगायतका विषय बाहिर आएपछि मन्त्री पोखरेलले बास्तविकता बुझ्न उक्त कार्यदल गठन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्