Logo
|
Thursday 18th April 2024
Logo

epaper

दक्षिण एसियामा बाढीका कारण दुइ करोड चालीस लाख व्यक्ति प्रभावितः रेडक्रस



दक्षिण एसियामा भएको व्यापक बर्षापछि आएको बाढीका कारण अगस्त महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले मङ्गलबार जनाएको छ ।

बाढीका कारण उक्त क्षेत्रमा ठूलो भूभाग डुबानमा परेको छ । बङ्गलादेश, भारत र नेपालमा गरी अगस्त १० गतेपछि ७५० जनाको मृत्यु भएको सम्बन्धित देशका अधिकारीले जनाएका छन् । बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो धनराशी बराबरको कृषिजन्य उत्पादनको क्षति भएको छ ।
एसियाली केही मुलुकमा बाढीका कारण अवस्था थप खराब बनिरहेको, रेडक्रसका सह महासचिव जगन चापागाईँले जारी एक विज्ञप्तिमा जनाइएकोे छ ।
नेपालको झण्डै एक तिहाई जनसङ्ख्या बाढीका कारण प्रभावित भएको, उहाँले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले बङ्गलादेशमा पनि बाढीका कारण एक तिहाई जनसङ्ख्या प्रभावित भएको बताउनुभयो ।
दक्षिण एसियामा बाढी तथा डुवानको समस्या केही दशक यताको तुलनामा सभैभन्दा नराम्रो भएको रेडक्रसले जनाएको छ ।
यी मुलुकका केही गाउँहरू डुवानमा परेका कारण खाद्यान्न तथा अन्य आधारभूत सामग्री डुङ्गाको सहायतामा पु¥याउनुपर्ने अवस्था आएको रेडक्रसले जनाएको छ ।
बाढी तथा डुवानको समस्या विस्तारै उत्तरबाट दक्षिणतर्फ बढेको बताउँदै चापागाईँले भन्नुभयो प्रभावितको सङ्ख्या प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।
मनसुन तथा पानीको यथोचित व्यवस्थापन नहुँदा समस्या विकराल बनेको उहाँको भनाई छ । रेडक्रसले नेपालमा ३६ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग अपील गरेको छ । चापगाईँले यस्तै सहयोग भारत र बङ्गलादेशका लागि पनि अनुरोध गरेको छ । रासस÷ एएफ्पी

प्रतिक्रिया दिनुहोस्