Logo
|
Thursday 25th April 2024
Logo

epaper

साताभित्रै आयुर्वेदको बिएएमएस ओजेटी कक्षा



यहाँको आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्रै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन हुने भएको छ ।
त्यसका लागि सम्पूर्ण भौतिक पूर्वाधारसँगै थप विशेषज्ञ चिकित्सकसमेत आउने अस्पताल विकाश समितिका अध्यक्ष भैरव मज्गैयाले जानकारी दिनुभएको छ ।
त्यसैगरी, हेल्थ असिष्टेन्ट सरह कविराज पढ्ने विद्यार्थीले समेत यहीँ प्रयोगात्मक अभ्यास गर्न पाउने छन् । त्यसका लागि विभागीय विकासको काम भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा आवश्यक पूर्वाधार र विशेषज्ञ चिकित्सकको अभावका कारण नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन प्रतिष्ठानले यसअघि आयुर्वेदिय चिकित्सा अध्ययन गर्ने विद्यार्थीलाई समेत एलोप्याथिक अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल र तुलसीपुर अञ्चल अस्पतालमा ओजेटी गराउँदै आएको थियो ।
दुईजना डाक्टरले काम चलाइरहेको सो अस्पतालमा अहिले चारजना स्नातक तहका डाक्टर रहेका छन् भने काया चिकित्सकसहित बालरोग विशेषज्ञ समेत आएका छन् । अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउन भएका साधन स्रोतको अधिकतम सदुपयोग गरिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा यसैबीच भर्खरै सरुवा भएर आउनुभएका निर्देशक रामकामेश्वर ठाकुरले अस्पतालमा भएका एक्सरे सेवा, भिडिओ एक्सरे सेवा तथा प्रयोगशालालाई पनि आवश्यक जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्