Logo
|
Thursday 28th March 2024
Logo

epaper

मुसहरको बाढी पीडाः पालमुनी रात बिताउँदै



सप्तरी राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।

उनीहरू बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन्तान दम्पती ८० वर्षीय विन्देश्वर सदा पत्नी किसनी देवीसहित बाँसमा त्रिपाल झुण्ड्याई रात बिताउने गरेको बिहीबार १३ दिन पुगेको छ ।

ऐलानी जग्गामा बनाएको दुवैको सानो झुप्रो साउन २७ गते आएको बाढीले बढा¥यो । बाढीले केही बचेन । बचेको छ त केवल ज्यान मात्रै । बाढीले ती बस्तीमा रहेका ३० परिवारको घर डुबानमा परेको थियो जसमध्ये कमल र विन्देश्वरको घर नै बगायो भने २८ परिवारका घर डुबानमा परेका थिए ।

वर्षा केही मत्थर हुँदै गएपछि ती बस्तीका २८ परिवार घर फर्की जसोतसो गुजारा गर्दै आएपनि घर नहुँदा कमल र विन्देश्वर भने अहिले पनि परिवारसहित पालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।

“बाढीले घरै बगाएपछि फर्केर कहाँ जानु”, कमलले भन्नुभयोे, “बाढीले नाङ्गेझार बनाए पनि हाम्रो अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय आएको छैन ।” साउन २७ गते मध्यरातमा ज्यान जोगाएर भागेका विन्देश्वर पनि अब कहाँ गएर बस्ने भन्ने पिरलोमा छन् ।

बाढीले घर बगाएको भोलिपल्टै साउन २८ गते हेल्प नेपाल नेटवर्क, काठमाडाँैको सहयोगमा तथा स्थानीय धर्मीहल्फा महिला विकास क्लबको संयोजनमा वितरण गरिएको त्रिपालको टहरो ठड्याएर अहिलेसम्म गुजारा गर्दै आएका उनीहरूले बाढीपीडितका लागि सरकारले ठाउँ ठाउँमा राहत वितरण गरिरहेको सुनिए पनि आफूहरूसम्म सरकारी निकायबाट हालसम्म कुनै राहत आइनपुगेको गुनासो गरेका छन् ।

ती बस्तीका पीडितको अवस्था बुझ्न र उनीहरूका बालबालिकाका लागि टुथपेष्ट, ब्रस र साबुन लगायतका राहत सामग्री लिएर बिहीबार दोस्रोपल्ट पुगेका धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष इञ्जिनियर सूर्यनारायण यादव तथा सञ्चारकर्मीलाई पीडा सुनाउँदै बाढीपीडितले एकै स्वरमा भने, “आजसम्म हाम्रो अवस्था बुझ्न कुनै सरकारी निकाय आएका छैनन्, कृपया हाम्रो पीडा प्रशासन र सरकारसँग पु¥याई दिनोस् हजुर !”

स्थानीय लखन सदाले आपूmहरूलाई व्यवस्थित आवासको व्यवस्था मिलाई दिन आग्रह गर्दै भने, “वर्षेनी बाढीले पीडित बन्ने गरेका छौँ, अभैm कति भोगिरहनु ?”

उनीहरूले वडा सचिव महेश यादवलाई साउन २८ गते नै नाम र क्षति विवरण टिपाई सकेपनि हालसम्म कुनै राहत पाउन नसकेको गुनासो गरे । अचम्मको कुरो के छ भने बाढीपीडित सूचीमा हालसम्म उनीहरूको नाम पनि परेको छैन ।

राहत पाउनेको सूचीमा आ–आफ्नो मान्छेको नाम लेखाउने विभिन्न प्रभावित क्षेत्रमा होडबाजी नै चलेपनि कतिपय प्रभावित क्षेत्रका वास्तविक पीडितसम्म अभैm राहत पुग्न नसक्नु दुःखद भएको धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष यादवको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्