Logo
|
Thursday 5th August 2021
E-paper Magazine

पहाड चढ्दै लामखुट्टे



दक्षिणपूर्वी एसियाका चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टेले आफ्नो उपस्थिति देखाउन थालेका छन् । लामखुट्टेमा वंशानुगत (जेनेटिक) परिवर्तन नभई ग्राह्य (एडप्टिभ) परिवर्तनले गर्दा यस्तो भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालय, नेग्लेक्टेड ट्रपिकल डिजिज कन्ट्रोलका क्षेत्रीय सल्लाहकार डा।अहमद जमसिद मोहम्मदका अनुसार हाल नेपाल, भुटानका उच्च पहाडी क्षेत्रमा समेत डेंगु फैलाउने इडिस एजेप्टाई लामखुट्टे देखिन थालेका छन् । डब्लूएचओ दक्षिणपूर्व एसिया क्षेत्रीय समितिको ७० औं अधिवेशनमा उनले उक्त जानकारी दिएका हुन् । केही वर्षअघिसम्म समथर भूभागमा मात्र देखिने दिउँसो टोक्ने यो लामखुट्टे हाल उच्च पहाडी क्षेत्र ताक्दै छ । हाल पहाडी क्षेत्रमा समेत गर्मी बढ्दै गएको औंल्याउँदै डा। अहमदले लामखुट्टेको ‘पहाड यात्रा’ पछाडि ग्राह्य ९एडप्टिभ० परिवर्तन कारक रहेको बताए ।
हाल किटजन्य रोगले विश्वभरि हुने अनुमानित संक्रामक रोगको १७ प्रतिशत स्थान ओगटेको छ भने यो कडा रूपमा सामाजिक, जनसांख्यिक र वातावरणीय कारकबाट प्रभावित हुन्छ । लामखुट्टेले हुने औलो, डेंगु, हात्तीपाइले, चिकनगुनिया, जिका भाइरस, यलो फिभर, जापानी इन्सेफलाइटिस, वेस्ट निल फिभर र भुसुनाले हुने कालाजार कीटजन्य रोगको श्रेणीमा पर्छन् । पछिल्ला दिनमा डेंगु, चिकनगुनिया, जिका भाइरसको संख्या बढ्दो छ ।

डेंगु नियन्त्रण चुनौतीका रूपमा देखिएको जनाउँदै डा। अहमद भन्छन्, ‘दक्षिणपूर्व एसियाका साथै विश्वभर नै डेंगु संक्रमण बढ्दो छ, यसबाट हुने मृत्यु पनि बढी रहेको छ ।’ विशेषज्ञका अनुसार यो लामखुट्टे आफ्नो विस्तारलाई सहरी क्षेत्रबाट अर्ध सहरी र ग्रामीण क्षेत्रतिर लिएर जाँदै छ । यो लामखुट्टेको फुल सुक्खामा समेत चार सय दिनसम्म बाँच्न सक्छ भने पानीको सम्पर्कमा आउनासाथ पुनस् फुलबाट लामखुट्टे निस्किन सक्छ ।

वातावरणीय परिवर्तनका कारणसमेत लामखुट्टेको विस्तार भएको डा। अहमद बताउँछन् । डेंगु कडा रूपमा देखिए मात्र सबैले यसबारे कुरा गर्ने, तर प्रकोप सकिएर स्थिति सामान्य भएपछि कसैले यसबारे कुरा नगर्नु नै यस क्षेत्रको मूल समस्या रहेको विशेषज्ञले बताएका छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्