Logo
|
Friday 19th April 2024
Logo

epaper

आँखा उपचार केन्द्रले किन पायो ९ लाख रुपियाँ सहयोग ?



पाल्पाको रामपुरस्थित कालिगण्डकी आँखा उपचार केन्द्रलाई ९ लाख रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

लामो समयदेखि पाल्पाको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) को पहलमा ‘फ्रेन्ड्स जापान’ नामक संस्थामार्फत प्राप्त रु नौ लाख रकम आँखा उपचार केन्द्रलाई प्रदान गरिएको हो ।

ओकेबाजेले आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेललाई सो रकम हस्तान्तरण गर्नुभयो । जापानी समाजसेवी ओकेबाजेले यस आँखा उपचार केन्द्रका लागि रु ४५ लाखभन्दा बढी आर्थिक सहयोग र विभिन्न भौतिक उपकरण सहयोग गरिसक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्