यस्तो छ मस्तिष्कमा ट्रयाक्टोग्राफीको महत्व
मानव मस्तिष्क ह्वाइट म्याटर (White matter) र ग्रे म्याटर (Grey matter) ले बनेको हुन्छ । ह्वाइट म्याटर जालोको रुपमा फैलिएको हुन्छ । यसले सेरेब्रम, सेरेबेलम र स्पाइनल कर्डको ग्रे म्याटरलाई एक आपसमा जोड्ने काम गर्दछ । साथै सेन्सरी सिंगनल (Sensory Signal) लाई ग्रे म्याटर सम्म पु¥याउने र ग्रे म्याटरबाट मोटर सिंगनल (Motor signal) स्पाइनल कर्ड भएर मांसपेशी तथा जोर्नीहरुसम्म पु¥याउने काम गर्दछ ।
यी सेन्सरी (Sensory) तथा मोटर सिंगनल (Motor signol) लाई बोकेर हिड्ने बाटो अर्थात ह्वाइट म्याटर ट्रयाक कुनै कारणबश आंशिक वा सम्पूर्ण रुपमा विकसित नभएमा वा कमजोर वा रोग लागेर बिग्रन गएमा मस्तिष्कमा कमजोर सेन्सरी तथा मोटर सिंगनल पुग्ने वा पुरै मात्रामा नपुग्ने हुन्छ र मस्तिष्कले सोचे अनुसारको काम गर्न नसक्ने हुन्छ । अनि बिस्तारै वा अकस्मात् बिरामीमा यी निम्न लक्षणहरु देखा पर्न थाल्दछन् ।
जस्तै
– सिक्न, सिकाउन र स्मरणशक्तिमा कमी आउने वा पुरै हराउने
– राम्ररी उभिन तथा हिँड्डुल गर्न समस्या पर्ने
-पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्ने
– डिप्रेसनमा जाने
सिटी स्क्यान तथा साधारण एम.आर.आई. बाट ह्वाइट म्याटर देखाउन सम्भव हुँदैन । १.५ टेस्ला अथवा ३ टेस्ला एम.आर.आई.बाट मस्तिष्कमा भएको ह्वाइट म्याटरलाई स्पष्ट रुपमा देखाउन सकिन्छ यसलाई ट्रयाक्टोग्राफी भनिन्छ । यो पद्धति विकसित देशमा विगत २० बर्षदेखि सञ्चालनमा आइरहेको छ भने नेपालमा हाल २ बर्षदेखि सञ्चालन भइरहेको छ ।
ट्रयाक्टोग्राफी कसरी बन्छ ?
मस्तिष्कमा पानी अथवा हाइड्रोजन आयोनको हलचललाई एम.आर.आई.को मद्धतले मापन गरिन्छ । यी हलचल दुई किसिमका हुन्छन् । एउटा पानीका अणुहरु चारै दिशामा फैलिने हुन्छ जसलाई आइसोट्रोफिक डिफ्युजन (Isotrophic diffusion) भनिन्छ । अर्काे एकै दिशातर्फ वहने हुन्छ जसलाई एनआइसोट्रोफिक डिफ्युजन (Anisotrophic diffusion)भनिन्छ ।
एनआइसोट्रोफिक सिंगनललाई एम.आर.आई. ले कब्जा गरी कम्युटरमा जम्मा पारिन्छ । यी सिग्नललाई विशेष कम्युटर सफ्टवेयरको मद्धतले थ्री डी मा रुपान्तर गरी इमेज तयार पारिन्छ ।
पानीको अणुलाई ह्वाइट म्याटरमा एकै दिशा तर्फमात्र दौडाउने काम माइलिन सिथ (myelin sheath) ले गर्दछ । यदि कुनै कारणले myelin sheath बिग्रिन वा भत्कन गएमा पानीका अणुहरु चारै दिशातर्फ वहने हुन्छ अर्थात एनआइसोट्रोफिकबाट आइसोट्रोफिक हुनजान्छ ।
ह्वाइट म्याटरमा एनआइसोट्रोफिक डिफ्युजन कति भयो भनेर विभिन्न कोणबाट नाप्न सकिन्छ जसलाई Fractional Anisotraphy (FA), mean diffurivity, axial diffurivity and radial diffurivity भनिन्छ । जसको भ्यालुबाट ह्वाइट म्याटरको अवस्था, कार्यक्षमता र समस्या अवगत गर्न सक्छौं ।
ट्रयाक मापन
जब फाइबर ट्रयाक कन्स्ट्रक्ट (Fibre tract construct) गरिन्छ तब कम्प्युटरले एफए भ्याल्यु स्वत निकाल्छ । एफए भ्याल्यु (FA Value) शुन्य (०) देखि एक (१) सम्म हुन्छ । ० भन्नाले आइसोट्रोफिक (Isotrophic) भन्ने जनाउँछ १ भन्नाले एनआइसोट्रोफिक(Anisotrophy) भन्ने जनाउँछ । यदि ट्रयाकको भ्याल्यु ०.५ भन्दा तल देखाउँछ भने ह्वाइट म्याटर एनआइसोट्रोफिकबाट आइसोट्रोफिकतिर गइरहेको देखाउँछ । यसक अर्थ ह्वाइट म्याटरमा रोगेको छ भन्ने बुझ्नुपर्छ ।
इमेज कसरी बुझ्ने ?
मस्तिष्कमा ह्वाइट म्याटर ट्रयाक तीन किसिमको ग्रुपमा हुन्छ ।
1.Commissural Fibres: जसले दायाँ र बायाँ मस्तिष्कलाई जोड्ने काम गर्छ । यसलाई रातो रङले जनाउँछ । यसको अर्थ हो—‘दायाँदेखि बायाँ वा बायाँदेखि दायाँ ।’
2.Projection Fibres जसले कोर्टेक्सदेखि स्पाइनल कर्ड जोड्ने गर्छ । यसलाई निलो रंले देखाउँछ जसको अर्थ हुन्छ—‘माथि देखि तल वा तलदेखि माथिसम्म ।’
3.Association Fibres: जसले एक मस्तिष्कको एक भागबाट अर्काे भाग जोड्ने गर्छ । यसलाई हरियो रङले रेखाउँछ । यसको अर्थ—‘अगाडिबाट पछाडि वा पछाडिबाट अगाडितिर ।’
ट्रयाक्टोग्राफीको उपयोगिता के हो ?
ट्रयाक्टोग्राफीको मद्धतले निन्न लिखित कुराहरुमा फाइदा हुन्छ ।
-ट्यूमरको अवस्था अर्थात अति सम्वेदनशिल ट्रयाक भन्दा ट्यूमर कति पर, वर वा ट्रयाकमाथिनै ट्यूमर अवस्थित छ । जसले गर्दा शल्यक्रियापछि हुनसक्ने कम्लिकेसन (संक्रमण) कस्तो हुन्छ भनेर भन्न सकिन्छ ।
-बच्चाहरुमा मस्तिष्क विकसित छ वा छैन भन्न सकिन्छ ।
– ट्रमा /दुर्घटनापछि ह्वाइट म्याटर कति मात्रामा बिग्रेको छ, छैन पत्ता लगाउन सकिन्छ ।
– मल्टिपल स्केलेरोसिस रोग पत्ता लगाउन सकिन्छ ।
-छारेरोग पत्ता लगाउन सकिन्छ ।
– बिर्सने रोग (अल्जाइमर्स) पत्ता लगाउन सकिन्छ ।
सल्लाह
शल्यक्रिया गर्नुभन्दा अगाडि ट्रयाक्टोग्राफी गरेर ट्यूमरसँगको सम्बन्ध पत्ता लगाएर शल्यक्रिया गरेमा शल्यक्रिया पछिको नराम्रो कम्प्लिकेसन (संक्रमण) मा कमी ल्याउन सकिन्छ ।