Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सन् २०३० सम्म हैजा ९० प्रतिशत कम होला ?



सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ ।
सरकारहरु, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ( र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट यस्तो खालको प्रतिबद्धता सार्वजनिक हुन लागेको यो पहिलो पटक हो ।
पछिल्लो समय हैजाको निकै डरलाग्दो महामारीको शिकार यमन भएको छ ।
युद्धका कारण सरसफाइको अवस्था बिग्रिँदा र खानेपानी वितरण प्रणाली अवरुद्ध हुँदा त्यहाँ हैजाको महामारी फैलिरहेको छ ।

भयावह
यमनमा ७ लाख ७० हजारभन्दा बढी मानिस हैजाबाट संक्रमित भएका छन् भने २ हजार जनाको मृत्यु भइसकेको छ ।
फोहोर पानीबाट फैलिने हैजा रोगबाट विश्वभर बर्सेनी करिब एक लाख मानिसले ज्यान गुमाउने गरेको डब्लुएचओको तथ्यांक छ । तीमध्ये अधिकांश अफ्रिका र एसिया महादेशका हुन्छन् ।
‘भाब्रिओ कोलरा’ नामक जीवाणु मिसिएको खाना वा पानीबाट हैजा हुने गर्छ र धेरै भीडभाड तथा फोहोर भएको स्थानमा यो छिटै फैलिन्छ ।
सामना
पुनर्जलीय झोल दिएर हैजा लागेका बिरामीको उपचार गर्न सकिन्छ र स्वच्छ पानी एवं सफा शौचालयको प्रयोगले हैजा लाग्नबाट जोगिन सकिने विज्ञहरु बताउँछन् ।
उनीहरु भन्छन्—‘खासगरी द्वन्द्व र प्राकृतिक विपद्का बेला हैजाको सामना गर्न त्यसको औषधि यथाशीघ्र उपलब्ध गराउनुपर्छ ।’
डब्ल्यूएचओका अनुसार विश्वभर २ अर्ब मानिसको स्वच्छ पानीमा पहुँच छैन र उनीहरु सम्भवतः हैजाबाट संक्रमित हुने जोखिममा छन् । हैजासम्बन्धी डब्ल्यूएचओको कार्यक्रमका प्रमुख डोमिनिक लेग्रोले भनेका छन्—‘हामीले हरेक वर्ष व्यापक रुपमा हैजा फैलिएको हेरेर बस्न सक्दैनौँ । हामीसँग त्यसलाई रोक्ने उपाय छ र त्यसको प्रयोग गर्नुपर्छ ।’ —बीबीसी

प्रतिक्रिया दिनुहोस्