Logo
|
Sunday 28th April 2024
Logo

epaper

‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ को उद्घाटन



ललितपुरको सानेपास्थित स्टार हस्पिटलले ‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ सञ्चालनमा ल्याएको छ । क्यान्सर रोगी बिरामीहरुलाई घरायसी वातावरणमा उच्चस्तरीय र अत्याधुनिक उपचार सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुरको नालारोडमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा अस्पतालले सो सेन्टर सञ्चालनमा ल्याएको हो ।
हस्पिटलमा आज आयोजित एक समारोहबीच माननीय महिला बालबालिका तथा समाज कल्याणमन्त्री बिक्रमबहादुर थापाले सेन्टरको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा स्टार हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर शैल रुपाखोती र काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट सेन्टरका मेडिकल डाइरेक्टर डाक्टर सिमित सापकोटाले सम्झौता पत्रमा हस्तार गर्नुभएको थियो ।

स्वास्थ्य उपचार सेवालाई सर्वसुलभ, गुणस्तरीय र विश्वसनीय बनाउँदै गइरहेको स्टार हस्पिटलले आफ्नो सुविधा सम्पन्न भवनबाट सेवा सुभारम्भ गरेको जानकारी दिँदै हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर शैल रुपाखेतीले अब क्यान्सरका बिरामीहरुले भरपर्दो उपचार सेवाका लागि अन्यत्र भौंतारिरहनु पर्दैन भन्नुभयो ।

सो अवसरमा मन्त्री थापा, क्यान्सर रोग विशेषज्ञ डाक्टर अञ्जनीकुमार झा, सोसाइटी अफ सर्जन नेपालका अध्यक्ष एवं वरिष्ठ सर्जन प्रा.डा. सि.एल भट्टचनले अस्पतालले अत्याधुनिक क्यान्सर उपचार सेवा शुरु गरेकोमा खुशी व्यक्ति गनुृभयो । अस्पतालका अध्यक्ष इन्जिनियर बसन्त चन्द्र मरहठ्ठाले स्टार हस्पिटलले विश्वस्तरीय स्वास्थ्य सेवा एकै छातामुनि उपलब्ध गराउने उद्देश्यले सेन्टरको शुरुवाती गरिएको जानकारी गराउनुभयो ।
शरीरमा कोष वा कोषिकाहरुको समुहको अस्वभाविक वृद्धि भई शरीरमा फैलदै जाने अवस्थालाई क्यान्सर भनिन्छ । प्रत्येक वर्ष विश्वमा करिब १२.७ मिलियन मानिस क्यान्सरबाट पीडित भइरहेका छन् भने ७.६ मिलियन मानिसको मृत्यु क्यान्सर रोगबाट भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । शुरुको अवस्थामा क्यान्सर रोग देखिएकामध्ये ३०—४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ भने समयमा गरिएको उपचारबाट एक तिहाई क्यान्सर बिरामी पूर्ण रुपमा निको हुने गर्छन् ।
नेपालमा फोक्सो, स्तन, पाठेघर र पेटका क्यान्सर रोगी अत्यधिक पाइएको छ । धुम्रपान, अत्यधिक रक्सीको सेवन, निस्क्रिय जीवनशैली, संक्रमण, रोडिएसन, विषादीको प्रयोगलगायत वंशाणुगत आदि कारणले क्यान्सर हुने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्