Logo
|
Monday 6th May 2024
Logo

epaper

प्रशुतिको निर्देशकमा पुनः डाक्टर गौतम



काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल (प्रसुति गृह) को निर्देशकमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम पुनः नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री दिपक बोहोराले पुष १३ गते उहाँलाई पुनः निर्देशकमा बहाली गर्ने निर्णय गरेलगत्तै उहाँले काम शुरु गर्नुभएको छ । गत वर्ष २०७३ साल पुस २६ गतेदेखि तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा डाक्टर गौतमले अस्पतालबाट विदा लिएर आफ्नो निजी लगानीको ओम हस्पिटलमा निर्देशकका रुपमा काम गर्दै आउनुभएको थियो । त्यसपछि डाक्टर अमिरबाबु श्रेष्ठलाई निर्देशक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्