Logo
|
Tuesday 7th May 2024
Logo

epaper

२२० जनाको निःशुल्क आँखा शल्यक्रिया



 महोत्तरी गौशाला नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

जानकी आँखा अस्पताल जनकपुरधामको सहयोग र प्राथमिक उपचार केन्द्र गौशालाको आयोजनामा सञ्चालित सो निःशुल्क शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको डा रमेश सिंहले बताउनुभयो ।

गौशालास्थित त्रिभुवन उमाविको प्रांगणमा सञ्चालित सो शिविरमा गौशाला, बर्दिवास र भंगहा नगरपालिकाका एक हजार भन्दा बढी व्यक्ति आँखाको उपचारका लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्