Logo
|
Friday 3rd May 2024
Logo

epaper

बीमा बोर्डमा डा लोहनी



स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ ।

स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा। लोहनीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ ।
स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहनुभएका लोहनीले स्वास्थ्य बीमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै साताअघि राजिनामा दिनुभएको थियो । सरकारले गत असोज २४ गते बीमा ऐन ल्याएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्