Logo
|
Tuesday 7th May 2024
Logo

epaper

योग दिवसका अवसरमा बृहत् योग शिविर



पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।

तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गतेसम्म सिमलचौरस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने मूल नारासहित आयोजित शिविरमा लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहनुहुने पोखरा लेखनाथ महानगरपालिकाका आयुर्वेद चिकित्सक डा ओमप्रकाश कलौनीले बताउनुभयो ।

योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उहाँले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाललगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यताप्राप्त गरेको जानकारी दिनुभयो । शिविरमा दैनिक ५०० भन्दाबढीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

पोखरा लेखनाथ महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वसन्तराज सिग्देलले महानगरले योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउने तयारीमा जुटेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्