Logo
|
Sunday 28th April 2024
Logo

epaper

आन्दोलनरत नर्स: उच्चस्तरीय वार्ता समिति गठन



आन्दोलनरत नर्सहरुसँग वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन भएको वार्ता समितिमा डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ तथा नर्सिङ्ग प्रशासक कल्पलता सुब्बा सदस्य रहेका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सहरुलाई पुर्नबहाली गरिनुपर्ने, मन्त्रालयमा नर्सिङ्ग सेवा महाशाखा राखिनु पर्ने, प्रत्येक स्कुलमा एक नर्सको व्यवस्था गरिनु पर्ने, नर्सहरुमाथिको श्रम शोषण अन्त्य गरिनुपर्ने लगायतका ११ बुँदे माग राख्दै नेपाल नर्सिङ्ग संघको आव्हानमा देशभरका नर्सहरुले आन्दोलन गर्दै आएका थिए ।

पहिलो चरणको आन्दोलनका क्रममा हातमा कालो पट्टी बाधेर आन्दोलन सुरु गरेका नर्सहरुले गत पुस २७ गतेदेखि ३० गते सम्म एक घण्टा ड्युटी छोडेर आन्दोलन गरेका थिए ।

लगत्तै माघ १ गतेदेखि तीन दिनका लागि तीन घण्टा ड्युटी छोडेर आन्दोलनमा उत्रिएका नर्सहरुले वार्ताद्वारा समस्याको समाधान नभए तथा आफ्ना माग पूरा नभए यही माघ ४ गतेदेखि ७ गतेसम्म पूरै ड्युटी छोडेर मन्त्रालय घेराउ गर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्