Logo
|
Sunday 19th May 2024
Logo

epaper

अपांगता:पौष्टिक आहार वितरण



अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथासरसफाइ सामग्री वितरण गरिएको छ ।

रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडाभित्रका छ वृद्धवृद्धालाई एक÷एक थान कम्बल र म्याट वितरण गरिएको छ ।
ती सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यस नगरलाई अपांगमैत्री नगर बनाउनका लागि कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्न आगामी दिनमा बजेट विनियोजन गर्ने वचन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्