Logo
|
Monday 6th May 2024
Logo

epaper

ग्राण्डी अस्पतालको चिवनमा निःशुल्क स्वास्थ्य परीक्षण



चितवनमा काठमाडौंको ग्रन्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो ।
शिविरमा उच्च रक्तचाप र मधुमेह लगायतका परीक्षण गरिएको र आकस्मिक उपचार सेवा समेत उपलब्ध गराइएको थियो ।
महासंघमा आवद्ध रहेका तीनसय सदस्य संघ र समिति र प्रालिबाट २३ सय जना भन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा हिजो मात्र एक हजार जना भन्दाबढीले स्वास्थ्य परीक्षण गराएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना कालदेखि समय समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्ंचालन गर्दै आइरहेको छ ।
एकै छाना मुनि ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्