Logo
|
Monday 6th May 2024
Logo

epaper

पोषण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन



पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मंगलबारदेखि यहाँ अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी, स्विजरल्याण्ड, हल्याण्डका गरी करिब १५० विज्ञको सभागिता रहेको छ । यसअघि यस किसिमको सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

सम्मेलनमा नेपाल, पाकिस्तान, कीर्गिस्तान, इथियोपिया र पेरुमा सञ्चालित कृषिमार्फत पोषण सुधारसम्बन्धी परियोजनाहरुबाट प्राप्त ज्ञान र अनुभवका बारेमा कार्यपत्र प्रस्तुत भएका छन् ।

सन् २०१५ बाट शुरु भएको सो परियोजना २०१८ मे महिनामा सञ्चालनमा रहनेछ । परियोजनामार्फत नेपालका आठ जिल्ला मुगु, दैलेख, कालीकोट, अछाम, जाजरकोट, बाजुरा, जुम्ला र बाँके जिल्लामा विभिन्न ३० वटा स–साना कार्यक्रम सञ्चालन गरिएको छ । ती लघु कार्यक्रममा विद्यालयमा पोषण शिक्षा, घरेलु बगैँचा प्रवद्र्धन, खाद्य परिकारमा विविधताको प्रवद्र्धन, स्थानीय बालीको जगेर्ना, मह उत्पादन एवं बजारीकरण, पोषण सुधारसम्बन्धी रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै कृषि विकास मन्त्रालयका सचिव डा सरोज पोखरेलले पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धनमार्फत उच्च पहाडी भेगका बासिन्दाको पोषण अवस्थामा सुधार गर्न सञ्चालित परियोजना सफल रहेको र आगामी दिनमा यस खालका कार्यक्रमलाई सरकारले निरन्तरता दिने बताउनुभयो ।

डा. पोखरेलले स्थानीयस्तरमा शुरुवात गरिएका विभिन्न कामहरु जस्तै खेतीपाती, कृषि प्रशोधन, पर्यटन आदिमा पनि पोषण सम्बेदनशील कृषिको भूमिका हुने र सोको समाधानको उपाय हुने पक्षमाथि जोड दिनुभयो । उहाँले नेपालमा कुपोषण र खाद्य असुरक्षाले विपन्न र उपेक्षित वर्गलाई प्रत्यक्ष रुपमा असर पारिरहेको तथ्यमाथि प्रकाश पार्नुभयो ।

हेल्भेटास स्वीस अन्तरसहयोग नेपालका राष्ट्रिय निर्देशक डा भरतकुमार पोखरेल, हेल्भेटास स्वीजरल्याण्डका डा फ्रेन्क इहोर्न, इसिमोडका उपमहानिर्देशक एकलव्य शर्मालगायतका वक्ताहरुले उच्च पहाडी भेगमा वसोवास गर्ने जनताले खाद्य तथा पोषण सुरक्षाका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँहरुले पोषण सम्बेदनशील कृषिका पक्षमा भइरहेको कामहरुको बारेमा प्रकाश पार्दै पोषणको अवस्था सुधार्न यसको महत्वपूर्ण भूमिका रहेको कुरामाथि जोड दिनुभयो ।

सम्मेलनमा प्रतिनिधित्व गर्नुभएको विभिन्न राष्ट्रका सहभागी तथा सेवा प्रदायकहरुले आ(आफ्नो देशमा पहाडी क्षेत्रमा ग्रामीण सेवा प्रदायकहरुमार्पmत प्रवद्र्धन गरिएका पोषण सम्बेदनशील कृषि अभ्यासहरु, जस्तैः विद्यालय पोषण शिक्षा तथा बगैंचा, सोलार ड्रायर, घर वगैंचा, प्राङ्गारिक खेतीपातीसम्बन्धी कामहरुका बारेमा जानकारी, अनुभव र सिकाइबारे प्रकाश पार्नुभएको थियो ।

साथै, ग्रामीण पहाडी क्षेत्रका समुदायको पोषण अवस्था सुधार्ने अभिप्रायले सञ्चालन भइरहेका पोषण सम्वेदनशील कृषिसम्बन्धी सूक्ष्म परियोजनाहरु र स्थानीयस्तरमा सञ्चालित यस्ता अभ्यासहरुका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशारण गरिने सन्देश, पैरवी र वकालतजस्ता विषयहरुमा जोड दिइएको थियो ।
सो अवसरमा विभिन्न देशका सहभागीहरुले पोषण सम्बेदनशील कृषि उपजहरुको प्रदर्शनी र पोष्टर प्रस्तुतीकरण गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्