Logo
|
Tuesday 21st May 2024
Logo

epaper

दक्ष चिकित्सकको अभावमा डा पराजुली सामुदायिक अस्पतालको सेवा बन्द



इलामको सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल बन्द भएको छ ।

अर्थ अभाव, दक्ष चिकित्सकको अभावमा अस्पतालका सम्पूर्ण सेवा बन्द भएका हुन् । स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ एक दशकअघिदेखि सञ्चालनमा रहेको सो अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल विगत चार÷पाँच वर्ष अघिदेखि नै सुनसान बन्दै गएको थियो ।

२०६१ सालमा डाक्टर मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको उक्त अस्पताल तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ श्ययाको सामुदायिक अस्पतालका रूपमा स्वीकृत भएको थियो । सञ्चालन भएको पाँच÷छ वर्षसम्म २४ सै घण्टा बिरामीको चाप हुन्थ्यो, अस्पतालका पूर्व कर्मचारी रविन रायाले भन्नुभयो ।

अस्पताल स्थापनापछि विसं २०६६ सम्म बहिरंग, अन्तरंग, साधारण ए–क्सरे, भिडियो इसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो । तर पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध नगराएपछि अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका हुन् ।

हिमालयन हेल्थ केयर संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आएपनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको थियो । अस्पताल सञ्चालन गर्न वार्षिकरूपमा रु ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्