Logo
|
Tuesday 21st May 2024
Logo

epaper

ढुंगेललाई उत्कृष्ठ स्वास्थ्य पत्रकारिता पुरस्कार



गोरखापत्रका स्वास्थ्य समाचारदाता सरोज ढुंगेल सर्वोत्कृष्ट स्वास्थ्य पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानद्धारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा यसवर्षको “आरोग्य प्रतिष्ठान सर्वोत्कृष्ट स्वास्थ्य पत्रकारीता’’द्धारा समाचारदाता ढुंगेललाई सम्मान गरिएको हो । वातावरण मन्त्री लालबाबु पण्डितले नगद २५ हजार रुपैया र सम्मानपत्रसहित ढुंगेललाई सम्मान गर्नुभएको हो ।
आरोग्य प्रतिष्ठानका महासचिव डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग रोकथाममा पत्रकारीताको माध्यामबाट महत्वपूर्ण योगदान पु¥याएवापत ढुंगेललाई सम्मानित गरेको जानकारी दिनुभयो । ढुंगेल विगत ११ वर्षदेखि गोरखापत्र दैनिकमा स्वास्थ्य पत्रकारीता गर्दै आइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्