Logo
|
Saturday 27th July 2024
Logo

epaper

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल समुद्घाटन: स्वास्थ्य बिमालाई पहिलो प्राथमिकता



नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पतालले सेवा दिनुपर्ने धारणा राख्नु भयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज उद्घाटन गर्दे अधिकारीले सबैको पहल र प्रयत्नबाट तिन सय बेडको हस्पिटल स्थापना भएको पोखरा विश्वविद्यालयले स्वास्थ्यको अधिकार सबैको भएकाले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्न सुझाव राख्दै विश्व विद्यालयको इतिहासमा शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न आग्रह गर्नुभयो ।

शिक्षा र स्वास्थ्यमा गुणस्तर नभएमा देश विकास नहुने, स्वास्थ्य भनेको शारीरिक, मानसिक र सामाजिक कार्य भएकाले स्वास्थ्यको कारणले जनता शारीरिक एवम् मानिसक रुपमा विचलन नहुने गरि संस्थाले सीमा र दायरामा रहेर सेवामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गर्नु पर्ने सुझाव राख्दै विश्व विद्यालयको हितमा, गरिब र असहायकालागि मध्यनजर राख्दै समाजको हितमा सबै एकसाथ मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

गण्डकी प्रदेशकी सामाजिक एवं स्वास्थ्य मन्त्री सिताकुमारी सुन्दासले प्रदेशभरिका ११ जिल्लाको अभियानको रुपमा स्वास्थ्य सेवा, खोज र अनुसन्धानमा लाग्न विश्व विद्यालयलाई आग्रह गर्नु भयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विश्वविद्यालय प्रगति पथमा अगाडी बढेको बताउँदै शिक्षण अस्पतालले जिल्ला वडा र स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीले प्राक्टिकलका साथै अनुसन्धान मूलक सेवा दिनु पर्ने सुझाव राख्नु भयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दीपकबहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दे आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने यो देशकै यो क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको बताउनु भयो ।

पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले १० करोड रुपैयाँको लागतमा बनेको शिक्षण अस्पतालले एमबिबिएसका कक्षा सञ्चालन विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरुवात गर्न सकिएकोमा आफु अत्यन्तै गौरवान्वित र भाग्यमानी रहेको उल्लेख गर्ने अस्पताल सञ्चालनले विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान दिनु पर्ने धारणा राख्नुभयो ।रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्