Logo
|
Saturday 4th May 2024
Logo

epaper

रहनुभएन प्रा.डा. गोविन्द शर्मा



त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।

रुसको पिटर्सवर्गमा कार्यरत चिकित्सक छोरी तानियालाई भेट्न दुई महिनाअघि रुस जानुभएका प्रा.डा.शर्माको बुधबार राति ९ बजे निधन भएको थियो ।
बि. सं. २०६८ सालमा कलेजोले काम गर्न छाडेपछि उहाँकी भान्जी शान्ता दाहालले कलेजो दान गरी प्रा.डा.शर्मालाई कलेजो प्रत्यारोपण गरिएको थियो । तर कलेजोमा पुन समस्या देखिएपछि केही समयदेखि उहाँ पुनः कलेजो रोगबाट पीडित हुनुहुन्थ्यो ।

कलेजो प्रत्यारोपण गर्दा नै चिकित्सकले थप तीन वर्षमात्रै प्रत्यारोपण गरिएको कलेजोले काम गर्ने बताएका थिए । तर करिब ६ वर्ष कलेजोले काम गरेको थियो । प्रा.डा.शर्माको निधनतप्रति जनस्वास्थ्य सरोकारले दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्