Logo
|
Friday 3rd May 2024
Logo

epaper

६८ जना जन्मेका शिशुहरुमध्ये १ मा अटिजम



आज ११ औं विश्व अटिजम दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी अप्रिल महिनाभरी नै मनाइने भएको छ ।  सन् २००८ यता हरेक अप्रिल २ तारिखका दिनमा विश्वभर अटिजम दिवस मनाइन्छ । अटिजम केयर नेपाल सोसाइटीले दिवसमा अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।  संस्थाले १० वर्षदेखि अटिजम भएकाहरुको पहिचान र शशक्तिकरणमा काम गरिरहेको छ ।  संस्थाकी अध्यक्ष डा. सुनिता मलेकुका अनुसार अटिजमको पहिचान र सचेतना विस्तारका लागि महिनाव्यापी कार्यक्रम गरिनेछ । अटिजम एउटा मस्तिष्कको विशेष अवस्था हो जसले व्यक्तिको संचार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्धहरु स्थापित गर्न बाधा पुर्याउँदछ । अटिजम हरेक ६८ जना जन्मेका शिशुहरुमध्ये १ जना शिशुमा हुने विश्वव्यापी तथ्यांक रहेको छ ।  अटिजम केटीमा भन्दा केटामा हुने दर पाँच गुणाले बढि रहेको छ । अटिजमलाई संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन लगायतले ग्लोबल पब्लिक हेल्थ क्राइसिस भनेको छ ।  अटिजम रोग लाग्नुको कारण र कुनै ठोस उपचार नहुनेभएकाले यसलाई संकटजनक अवस्था भनिएको छ ।

  नेपालको अवस्था 

अटिजमलाई लिएर नेपालमा हालसम्म कुनै पनि आधिकारिक अध्ययन भएको छैन ।  तर, डब्लुएचओको आंकडालाई आधार मान्ने हो भने नेपालमा झण्डै तीनलाख व्यक्तिमा अटिजम भएको अनुमान गरिएको छ । नेपालमा अटिजम केयर सोसाइटी भन्ने गैरसरकारी संस्थाले मात्र अटिजम भएकाहरुको पहिचान तथा पनुस्थापनामा काम गरिरहेको छ । जसले गर्दा अझै लाखौं बालबच्चा र वयस्कमा भएको अटिजम पहिचान हुन सकेको छैन ।  अटिजमलाई नेपालमा राज्यले भर्खरैमात्र पहिचना गरेको छ । पछिल्लो अपांग ऐन र निर्माणाधिन अपांगता सम्बन्धी ऐनमा अटिजमलाई विकासात्मक अपांगता भनेर उल्लेख गरिएको छ ।

  के हो अटिजम ?

अटिजम बच्चाले जन्मजात लिएर आउने एकप्रकारको अपांगता हो । यसलाई मश्तिष्क विकासको विकार (न्यूरो डेभलेपमेन्ट डिसअडर( भनिन्छ । यसले मश्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ ।  अटिजम प्राय जसो जन्मेको ३ वर्षभित्र प्रष्ट रुपमा देखिन्छ र यो जीवनभर रहिरहन्छ । अटिजमका लक्षणहरु व्यापक रुपमा फरकफरक किसिमका हुन्छन् । तर मुल समस्याको रुपमा ३ वटा पक्षमा जटिल समस्याहरु देखिन्छन् ।

१. सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई

२. समाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाई

३. दोहोर्याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु ।

यी समस्याहरु अरु अपांगतामा भने नपाइने हुन्छ र यो अटिजमको विशेष प्रकार हो ।  अटिजमका लक्षणहरु व्यक्तिव्यक्ति व्यापक रुपमा भिन्ने भएको कारणले यसलाई स्पेक्ट्रम विकारको रुपमा पनि लिइन्छ । अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाई देखि लिएर जीवनयापन सदा अरुको सहायतामा जीउनुपर्ने अवस्था हुन्छ ।   अटिजमको साधारण लक्षण  आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफुलाई चाहिने कुराहरु व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने ।

कारण 

धेरैजसोले अटिजम हुनुको कारण वंशाणुगतलाई नै आधार मानेपनि अझसम्म अटिजम हुनुको मुख्य कारण पत्ता लाग्न सकेको छैन ।

 उपचारविधि

अटिजम भएको व्यक्तिको लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोर पक्षलाई अर्थात सञ्चार र समाजिक बुझाईलाई ध्यानमा राखि व्यवहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्ने हो । उनीहरुलाई व्यवहार, सञ्चारसम्बन्धी थेरापीहरु दिएर उपचार गरिन्छ ।  त्यसले उनीहरुमा केही परिवर्तन ल्याउन सकिने अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकूले बताइन् । उनले अटिजमसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सबैलाई उपचारको पहुँचमा ल्याउन संस्था क्रियाशिल भएको बताइन् ।    पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्