Logo
|
Saturday 4th May 2024
Logo

epaper

चिकित्सा शिक्षा अध्यादेश संसदबाट पास



प्रतिनिधिसभाकोआजको बैठकले राष्ट्रिय  चिकित्सा शिक्षा अध्यादेश २०७४ पास गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको  ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो ।

गत आइतबार संसदमा दर्ता भएको चिकित्सा शिक्षा अध्यादेश २०७४ को बारेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध प्रस्ताव दर्ता गरेका थिए।

सुवालले राखेको फरक मत भने अस्वीकृत भएको छ ।

सांसद प्रेम सुवालले अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्ष खोल्न नदिने, निजी मेडिकल कलेज खारेज हुनुपर्ने, एमबिबिएसका लागि ३ सय शैय्या र नर्सिङमा पनि १०० शैय्या हुने, ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउनेलगायतका विशेषमा फरक मत राखेका थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशमा भएका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउन सकिने भन्दै पास गर्न प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्