Logo
|
Friday 3rd May 2024
Logo

epaper

सहज र सुविधायुक्त उपचारका लागि नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच सम्झौता



नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीचआज एक समारोहको आयोजना गरी द्विपक्ष्ीाय सम्झौतामा हस्ताक्षर भएको छ ।
बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागि दुवै पक्षले सहकार्य गरी नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षिय सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।
ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउँदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्