Logo
|
Friday 29th March 2024
Logo

epaper

धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी



 विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् ।

फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध तयार पारिएका चित्र प्रदर्शनी गरेका हुन् । उक्त विद्यालयमा गठित बाल क्लब र जुनियर रेडक्रस सर्कलले चित्रकला प्रदर्शनीको आयोजना गरेका हुन् ।

प्रदर्शनीमा सहभागी शिक्षक र विद्यार्थीले धुम्रपानले मानव स्वास्थ्यमा पु¥याउने हानीका बारेमा स्थानीयलाई जानकारी गराउँदै धुम्रपानविरुद्धका चित्र प्रदर्शन गरेका थिए । धुम्रपानका कारण स्वास्थ्यमा आइपर्ने जोखिमबारे सर्वसाधारणलाई जानकारी गराई यसको प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक बाल क्लबले जनाएको छ ।

यस्तै, बालबालिकालाई सामाजिकीकरण गर्दै सिर्जनशील बनाउनसमेत यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक गणेश सिग्देलले बताउनुभयो ।

शिक्षक र बालबालिका आफैँले बनाएका चित्रमा धुम्रपानले हुने क्यान्सरलगायतका विभिन्न रोगलाई चित्रण गरिएको थियो । दिवसका अवसरमा जिल्लामा अन्य कुनै कार्यक्रम भएनन् । रासस

प्रतिक्रिया दिनुहोस्