Logo
|
Tuesday 7th May 2024
Logo

epaper

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता



 

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट आज स्वदेश फर्कनु भएको छ ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा आज नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्कनु भएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।

उपचारपछि आफू स्वस्थ्य भएर फर्किएको उहाँले बताउनुभएको उहाँका छोरी अधिकारीले जानकारी गराउनुभयो । मेदान्तमा उपचार गराएपछि स्वस्थ्य हुनु भएको राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्कनु भएको हो ।

उहाँका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जानु हुनेछ । राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

उहाँको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उहाँको उपचार गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्