Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्य क्षेत्रको बजेट अपर्याप्त : प्रदेश सरकार



स्वास्थ्य क्षेत्रमा प्राप्त कुल बजेट मध्ये संघीय सरकारलाई ३४ अर्ब ८ करोड २३ लाख, सात वटै प्रदेशका लागि ४ अर्ब १८ अर्ब ४७ लाख र स्थानीय तहले १८ अर्ब १५ करोड २७ लाख बजेट पाएको छ । जेष्ठ २३, २०७५ स्वास्थ्य क्षेत्रका लागि सरकारले छुट्याएको बजेट अर्याप्त रहेको प्रादेशिक सरकारहरुले जनाएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन गरेको छ ।  प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाले बजेट पर्याप्त नभएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले यसका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी भएको उल्लेख गर्नुभयो । मानव विकास सूचकांकमा पछि परेको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले स्वास्थ्य क्षेत्र आफ्नो प्राथमिकतामा रहेपनि चुनौती धेरै भएको बताउनुभयो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्