Logo
|
Friday 29th March 2024
Logo

epaper

३० लाख बाथरोगीलार्इ आठ जना डाक्टर



 

गठिया बाथले थलिएपछि पटकपटक जँचाउनुपर्दा प्युठान बिजुवारकी सुशीला उपाध्याय काठमाडौं नै धाउँछिन् । राजधानीबाहिर बाथरोगका विशेषज्ञ नहुँदा उनी काठमाडौं धाउन बाध्य भएकी हुन् । उनी भन्छिन्, ‘एक त डाक्टर नै थोरै छन् । त्यसमाथि सबै काठमाडौंमै हुँदा उपचार गर्न आइरहनुपर्छ ।’

त्यसैले उपत्यकाबाहिरका बाथरोगका बिरामीलाई जँचाउनै सास्ती भइरहेको छ । चिकित्साशास्त्रको एमबीबीस र एमडीको पाठ्यक्रममा समावेश नगरिएका कारण बाथरोगबारे विज्ञ चिकित्सकको अभाव रहेको चिकित्सक बताउँछन् । आयस्रोत आकर्षक नहुने हुँदा बाथरोगमा विज्ञता हासिल गर्न चिकित्सक चाहँदैनन् ।

‘रोगको पहिचान गर्नै जटिल हुन्छ । दीर्घरोग भएका कारण रोग पहिचान भएपछि निर्मूल गर्न पनि गाह्रो छ’, बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले भने, ‘नेपालमा बाथरोगका विज्ञचिकित्सक सात जना मात्र छन् । तिनी पनि काठमाडौंमै सीमित छन् ।’ नेपालमा मात्र नभई अन्य मुलुकमा पनि बाथरोगका विज्ञको संख्या तुलनात्मक रूपमा न्युन रहेको उनको भनाइ छ । अमेरिकामा विद्यार्थीलाई बाथरोगबारे अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गर्न थालिएको छ ।

नेपालमा करिब ३० लाख व्यक्तिमा बाथरोगका लक्षण भएको अनुमान गरिएको छ । यसअनुसार एक जना बाथरोग विशेषज्ञले चार लाखभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था छ ।

बाथका बिरामी बढ्दै गएका बेला चिकित्सकहरू अपर्याप्त हुँदा सेवा पाउनबाट वञ्चित हुनुपर्छ । चिकित्सक र बिरामीको दूरी न्युन गर्न स्वास्थ्यमूलक जानकारी प्रवाह गर्नुपर्ने खाँचो रहेको डा. वैद्य बताउँछन् । त्यही भएर एमबीबीएस र एमडी अध्ययन गरिसकेका नेपाली चिकित्सकलाई पनि बाथरोगबारे तालिम दिने गरिएको उनको भनाइ छ ।

रोग प्रतिरोधात्मक क्षमतामा गडबडी भई आफ्नै शरीररलाई असर पर्न थाल्यो भने बाथरोगका लक्षण देखा पर्न थाल्छन् । ‘बाहिरी कीटाणुसँग लडेर शरीररको रक्षा गर्नुको साटो शरीरलाई असर गर्न थाल्यो भने बाथरोग लाग्छ’, उनले थपे, ‘ शरीररका जोर्नी दुख्ने, सुन्निनेलगायत लक्षण देखा पर्छन् ।’ समयमै उपचार नगर्दा विस्तारै शरीरका अन्य अंग फोक्सो, आँखा र मिर्गौलामा पनि क्षति पु¥याउने चिकित्सकको भनाइ छ । ९० प्रतिशत जाँचबाट थाहा हुन्छ भने १० प्रतिशत रगतको जाँच गरेर पत्ता लाग्छ ।

उपचार गर्न आएका बिरामीमध्ये अधिकांश गठिया बाथका बिरामी रहेको नेसनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए । ओपीडीमा उपचार गराउन आएका बिरामीमध्ये ३८ प्रतिशतमा गठिया बाथरोग फेला परेका थियो । ३० वर्ष उमेर नाघेका महिलामा गठिया बाथ बढी भएको पाइएको छ ।

सरकारी अस्पतालमा बाथरोग विशेषज्ञको दरबन्दी नै सिर्जना नभएकोमा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राडा. ढुण्डिराज पौडेलको गुनासो छ । वीर अस्पतालका नाक, कान ,घाँटी रोग विभाग प्रमुख समेत रहेका पौडेलले भने, ‘बाथरोगमा विशेषज्ञता हासिल गर्नुप¥यो भने बाहिरी मुलुक जानुपर्ने बाध्यता छ

अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्