Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व योग दिवसका लागि मूल समिति गठन



 

चौथो विश्व योग दिवस नेपालमा भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १२९ सदस्यीय मूल समिति गठन भएको छ ।

मन्त्रालयमा आज आयोजित मूल समितिको पहिलो बैठकमा यस क्षेत्रका सरकारी, सामाजिक क्षेत्रका व्यक्ति, संस्था एवं विद्यालयलाई परिचालन गरी उक्त दिवस मनाउने निर्णय भएको हो । समितिमा सम्बद्ध क्षेत्रका पदाधिकारीको प्रतिनिधित्व छ । जुन २१ (असार ७) मा विश्वभर विश्वभर योग दिवस मनाइन्छ ।

मन्त्री पोखरेलले योग र ध्यानलाई केन्द्रमा राखेर अभियानका रुपमा दिवस मनाउन आग्रह गर्दै योग एक खोजमूलक अनुसन्धानसमेत भएकाले आधुनिक जीवनशैलीले ल्याएको परिवर्तनलाई अनुकूल बनाउन योगको महत्व हुने बताउनुभयो । उहाँले योगलाई जीवनोपयोगी शिक्षा र स्वास्थ्यसँग जोड्दै विद्यालय तहदेखि योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभयो ।

बैठकका सहभागीहरुले सरकारी निकाय भित्रैबाट योग र अभ्यास बढाउनुपर्ने, थकान र तनाव मेट्ने उपाय अवलम्बन गर्नुपर्ने, सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्नुपर्ने, सम्बन्धित संस्थाहरुबीच समन्वय हुनुपर्ने, साताव्यापी रुपमा दिवस मनाइनुपर्ने सुझाव दिएका थिए ।मूल समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्