Logo
|
Monday 13th May 2024
Logo

epaper

 प्रा.डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पताल परिसरमा राखिने



वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र प्रसाद देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म न्यूरो अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि  राखिएको छ । 

तत्पश्चात नारायणगोपाल चोक रिंगरोड हुँदै पशुपति आर्यघाटमा लगि विद्युतीय माध्यमबाट दाहसंस्कार गरिनेछ । काजक्रिया उहाँको निवास हेपाली हाइटमा उहाँकी श्रीमती डा. मधु देवकोटा र ती छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नुहुनेछ । उहाँको काजक्रिया ७ दिनमा सम्पन्न गरिने जनाइएको छ ।
प्रा.डा. देवकोटाको स्वदेशमै देशल्याग गर्ने इच्छा बमोजिम यस अस्पताले आखिर सम्म उहाँको सेवा गर्न पाएकोमा गर्भानुभूति गर्दै उहाँको उपचारमा संलग्न सम्पूर्ण चिकित्सक समुदाय तथा स्वास्थ्यकर्मीहरुमा हार्दिक कृतज्ञता जनाएको छ । शोक विज्ञप्तीमा भनिएको छ—उहाँको मृत्युबाट हामी सबैलाई भएको गहिरो पीडालाई आत्मसात गर्दै उहाँको पदचापलाई नै प्रेरणाको रुपमा अनुशरण गर्ने प्रतिवद्धत व्यक्त गर्दछौं ।
प्रा. डा. देवकोटाको सोमबार बेलुका ५.३५ बजे निधन भएको हो ।  न्यूरो अस्पतालका संस्थापक डा. देवकोटा आफैंले स्थापना गर्नुभएको न्यूरो अस्पतालको सघन उपचार कक्षमा उहाँको निधन भएको थियो । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किन’भएको थियो ।

२०१० साल पौष महिना ४ गते शुक्रबारका दिन गोर्खाको पण्डित गाउँ, लिगलिगमा डा. देवकोटाको जन्म भएको थियो । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरी मुलुकमा न्यूरो सर्जरीको विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका डा. देवकाटाले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्