Logo
|
Friday 26th April 2024
Logo

epaper

क्यान्सर रोगमा सचेत हुन उपप्रधानमन्त्री यादवको आग्रह



 उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर रोग थाहै नपाइ लाग्ने रोग भएकाले यसबाट सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग विभाग आज उद्घाटन गर्दै उहाँले क्यान्सर खतरनाक रोग भएकाले यसको निराकरणका लागि यो अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पश्चिम क्षेत्रलाई नै लक्षित गरी सञ्चालन भएको अस्पतालको स्वामित्व सरकारले लिइसकेकाले अब यसको सेवा विस्तार तथा विभिन्न पूर्वाधारको विकास र उपकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री यादबले व्यक्त गर्नुभयो ।

समाजसेवाको भावनाले शुरुवात गरिएको अस्पतालको कल्पना लामो मेहनतपछि पूरा भएकामा धन्यवाद दिँदै उहाँले सबै कर्मचारीलाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

शहरी विकास मन्त्री मोहमद इस्त्यिाक राईले यो अस्पताललाई यस क्षेत्रकै नमूनाका रुपमा विकास गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाकै स्वास्थ्य अवस्थालाई सुदृढ बनाई विशेषगरी गरीब तथा असहाय प्रत्यक्ष लाम्भावित हुने किसिमका सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष किश्मतकुमार कक्षपति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा ठाकुर, सांसद महेश्वर गहतराज, नन्दलाल रोकाय, पूर्व उपसभामुख तथा सांसद पूर्णा सुवेदीलगायतले अस्पतालका विविध विषयमा जानकारी दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्