Logo
|
Sunday 19th May 2024
Logo

epaper

अनुमतिमा ढिलाइ हुँदा कलेजो प्रत्यारोपन सेवा स्थगित



प्रत्यारोपन अनुमति ढिला हुँदा कलेजो प्रत्यारोपन सेवा स्थगित भएको टिचिङ अस्पताल कलेजो प्रत्यारोपन इकाइले जनाएको छ । जेठको दोस्रो साता देखि अस्पतालले सेवा गर्ने जनाइएको थियो ।

प्रत्यारोपनको लागि अस्पतालले सरकारबाट अनुमति लिनुपर्छ । प्रत्यारोपन अनुमतिका लागि अस्पतालले दुई पटक प्रस्ताब निवेदन दिइसकेको छ । पहिलो अनुमति प्रस्ताव एक बर्ष अघि र दोस्रो छ पहिना अगाडि नै प्रस्तावित गरेको जनाइएको छ र्। अनुमति प्रस्तावको लागि दुईपटक निवेदन दिइसक्यौँ तर अहिले सम्म भएको छैन ।’ टिचिङ अस्पताल कलेजो प्रत्यारोपन इकाइका संयोजक डा. रमेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयमा मनव अंंग प्रत्यारोपन समिति नभएका कारण ढिलाइ भएको हो ।
सो कार्यक्रमका लागि पुर्व स्वस्थ्य मन्त्रि गगनकुमार थापाले बजेट छुट्याइसक्नु भएको थियो । कार्यक्रमका लागि बजेट आएपछि अस्पतालले पनि यो सेवाका लागि तयारी गरिसकेको छ र्। प्रत्यारोपनको लागि आवश्यक आइसियु र विभाग तयार भइसकेको छ । अनुमति पाए छिटैनै सेवा सुरुगर्ने छौँ ।’ डा. भण्डारीले बताउनुभयो ।
कलेजोे प्रत्यारोपन सेवा हुने थाहा पाएपछि दर्जनौ विरामीहरु अस्पताल पुगेका थिए । तर समयमै सेवा सञ्चालन हुन नसकेपछि कलेजो प्रत्यारोपन गर्ने अवस्थामा पुगेका विरामीहरु प्रभावित भएको डा. भण्डारी बताउनुभयो । कलेजो प्रत्यारोपन इकाइका अनुसार अस्पतालमा आउने मध्य दैनिक २ जना विरामी कलेजो प्रत्यारोपन गर्ने अवस्थाका छन् । डा. भण्डारीका अनुसार अनुमति दिएमा छिटै नै सेवा सुरुहुन्छ ।
अस्पताल प्रशासनका अनुसार जर्मन कम्पनीसँग खरिद गर्न लागेको कलेजो प्रत्यारोपनको आवश्यक सामाग्री समयमा नआइपुग्दा सेवा सुरु गर्न कठिन भएको थियो । टिचिङ अस्पतालका प्रशासक मानबहादुर भट्ट भन्नुहुन्छ – ‘समयमै पठाउने भनिएको सामान ढिलो आइपुग्ने कम्पनीले जानकारी दियो, अब एक महिनामा आइपुग्ला ।’
स्वास्थ्य मन्त्रालयको सचिव पुष्पा चौधरीकले कलेजो प्रत्यारोपनको लागि प्रस्तवित विधेयक संसदमा पठाइसकेको र छलफल भएपछि निर्णय आउने बताउनुभयो । मन्त्रालयका प्रवत्ता जितेन्द्ररमण सिंहका अनुसार प्रत्यारोपन समितिमा रहेको खाली सदस्यहरु पुर्ति गर्ने प्रस्ताव तयारी गरिसकेको छ । ‘समितिमा खालि सदस्य प्रस्ताव तयारी भइसकेको छ, अब छिट्टै हुन्छ,’ प्रवक्ता सिंहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्