Logo
|
Wednesday 8th May 2024
Logo

epaper

सेवा आदानप्रदान गर्न नेपाल मेडिसिटी र ट्राभहिल बीच सम्झौता



ललितपुरको भैंसैपाटीस्थित नेपाल मेडिसिटी हस्पिटल र ट्राभ्हिलबीच एक अर्काको कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र ट्राभ्हिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पश्चात् ट्राभहिलका प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले नेपालमा मेडिकल टुरिजम्को प्रशस्त सम्भावना रहेको र आगामी दिनमा यसलाई अझै बढाउन सकिने बताउनुभयो ।

नेपाल एक विकासोन्मुख राष्ट्रसँगै भुगोलका हिसाबले पनि अनुकूल रहेकाले मेडिकल केन्द्र बन्न सक्ने विषयमा दुइमत नभएकोमा उहाँले जोड दिनुभयो ।

विभिन्न राष्ट्रहरुमा सेवा प्रदान गर्दै आएको ट्राभ्हिल खासगरी मध्यपूर्वी राष्ट्रहरुमा अझ बढि सक्रिय रहेको छ । ट्राभ्हिलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अस्पतालको अन्तर्राष्ट्रिय गुणस्तर र विस्तृत सेवाबारे देश विदेशमा रहेका नेपालीहरु माझ फैलाउन जोड दिने बताउनुभएको छ ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले ट्राभहिलले नेपालमा भित्र्याउने गरेका पर्यटकहरुको उपचार गर्नुपरेको अवस्थामा अस्पताल हरपल तयार रहेको बताउनुभयो ।

सम्झौता अनुसार नेपाल मेडिसिटी ट्राभहिलको हस्पिटल पार्टनर रहनेछ भने ट्राभहिल नेपाल मेडिसिटीको ट्राभल पार्टनर मध्येको एक रहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्