Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र प्राइम बैंक बिच सहकार्य गर्ने सम्झौता , बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट पाउने



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र प्राइम बैंक बीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल मेडिसिटीको तर्फबाट महाप्रबन्धक विजय रिमालले र प्राइम बैंकका तर्फबाट नायव महाप्रबन्धक भाइराजा तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार अब प्राइम बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने भएका छन् ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा नेपाल मेडिसिटी अस्पतालले अगाडि बढाएको र नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंग आफूहरुले सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक रिमालले बताउनु भयो ।

प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरण सहितको अस्पताललसंग सहकार्य गर्न पाएकोमा तुलाधरले खुशी व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्