Logo
|
Friday 3rd May 2024
Logo

epaper

‘मापदण्ड विपरित संचालित मेडिकल कलेज खारेज हुनुपर्छ’



सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित संचालित मेडिकल कलेज खारेज गर्न सरकारसँग माग गरेका छन् । उनले सरकारी तथा निजी क्षेत्रमा संचालित मेडिकल कलेज छानविन गरी मापदण्ड विपरित रहेका कलेज तत्काल खारेज गर्न सरकार माग गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै नेता भट्टरार्इले निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्था बन्द गर्ने तयारीमा सरकार रहेको स्पष्टसमेत पारेका थिए । उनले सबै नागरिकको शिक्षा र स्वास्थ्य दायित्व लिन सरकार प्रतिवद्ध रहेको दाबी गरेका थिए ।

वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने उनको तर्क छ । नेता भट्टराईले मौलिक हकमा रहेको शिक्षाको उचित व्यवस्था गर्न ढिलाई नहुने विश्वास राखेका थिए । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्