Logo
|
Monday 6th May 2024
Logo

epaper

जापान सरकारबाट मोबाईल मेडिकल कार उपहार




नेपालको दुर्गम क्षेत्रका जनताहरुलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहा स्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाईल मेडिकल कार प्रदान गरिएको छ ।
नेपालका लागि जापानका राजदुत मसमिचि शैगोले एक समारोहका बीच उक्त मोबाईल क्लिनिक फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा. शिवशंकर शाहलाई हस्तान्तरण गर्नुभएको हो ।
टोयोटा हायस गाडीलाई जापान स्थित टोयो फ्याक्ट्रीले मोबाईल क्लिनिकको स्वरुप प्रदान गरी उपलब्ध गराइएको उक्त मोबाईल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताहरुले लाभ पाउने भएका छन् ।
जापानमा अध्ययनरत नेपाली लगायत विश्वका विभिन्न देशका विद्यार्थीहरु संस्था आईज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तरर्गत उक्त कार नेपाललाई प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्