Logo
|
Monday 6th May 2024
Logo

epaper

सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सहकार्य



ललितपुरकोे भैँसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रञ्जन खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।सम्झौता अनुसार अस्पतालले सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गर्ने भएको छ ।

स्वस्थ मानिसले आर्थिक उपार्जन र सक्रिय व्यवसायिक जीवन जीउने भएकोले नेपाल मेडिसिटी अस्पतालले बैंकहरुसँग सहकार्यको पहल गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो । नेपाल मेडिसिटी अस्पतालले नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सेञ्चुरी बैंकका चिफ मार्केटिङ्ग अफिसर खड्काले बैंकका लाखौँ ग्राहकहरुले नेपालकै उत्कृष्ट अस्पतालमा सुविधायुक्त उपचार सुविधा प्राप्त गर्ने बताउनु भएको छ । बैंकले आफ्नो कर्मचारीहरुको रोजगार पूर्व स्वास्थ्य परीक्षण, वार्षिक स्वास्थ्य परीक्षण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवाका लागि नेपाल मेडिसिटी अस्पतालसँग दीर्घकालीन सहकार्य गर्ने बताउनुभएको छ ।
प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरण सहितको अस्पतालले सहकार्य गर्न पाएकोमा बैंकले खुशी व्यक्त गरेकोे छ । देशैभरका नागरिक सम्म उच्चस्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालले यस सम्झौतामार्फत सहुलियत सेवा सहित विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक विजय रिमालले राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्