Logo
|
Tuesday 7th May 2024
Logo

epaper

उत्कृष्ठताको कदरः संविधान दिवसको अवसरमा विभूषित भए चिकित्सक, नर्स र औषधि व्यवसायी



स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका चिकित्सक, नर्स एवं औषधि उद्यमीगरी ३३ जना भन्दा बढी व्यक्तिले राष्ट्रपतिबाट पदक पाएका छन् । संविधान दिवसका दिन राजधानीमा आयोजित कार्यक्रममा उहाँहरुलाई पदक प्रदान गरिएको हो । पदक पाउनेहरुमा २५ जना चिकित्सक, २ जना एवं १ जना औषधि उद्यमी रहेका छन् । उहाँहरुलाई सुप्रबल जनसेवा श्री (तृतीय श्रेणीे), प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी), जनसेवा श्री (पञ्चम श्रेणी), अति पौरख भाष्कर, परम पौरख भाष्कर, नेपाल प्रताप आभूषणलगायत पदकबाट सम्मानित गरिएको हो । कसले कस्तो पदक प्राप्त गरे ?

मानपदवी, अलङ्कार र पदक पाउनेहरु

सुप्रवल जनसेवा श्री (तृतीय श्रेणी)
प्रा.डा. गणेशबहादुर गुरुङ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
प्रा.डा. राजेन्द्रप्रसाद कोजु – अस्पताल प्रमुख धुलिखेल अस्पताल
डा.आशा सिंह – नेपाल प्रहरी अस्पताल
दुर्गा लक्ष्मी श्रेष्ठ – नर्सिङ प्रमुख भेरी अञ्चल अस्पताल
डा.गणेशकुमार राई – निर्देशक कान्तिबाल अस्पताल
डा.हरिहर वस्ती – फरेन्सिक विशेषज्ञ त्रिवि शिक्षण अस्पताल
डा.धर्मकान्त बास्कोटा – अध्यक्ष नेपाल मेडिकल काउन्सिल
डा.प्रताप नारायण प्रसाद – क्याम्पस प्रमुख महाराजगञ्ज मेडिकल कलेज
डा.ओममुर्ति अनिल – मुटुरोग विशेषज्ञ
डा.रामप्रसाद पोखरेल (आँखा विशेषज्ञ)
प्रा.पशुपति चौधरी – (विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान)
डा.गिता गुरुङ – (त्रिवि शिक्षण अस्पताल)
हरिभक्त शर्मा – देउराली जनता फर्मास्युटिकल्स

प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी)

डा.रोशन न्यौपाने (मेसु जिल्ला अस्पताल म्याग्दी)
डा.सगुन जोशी (आँखा विशेषज्ञ त्रिवि शिक्षण अस्पताल)
डा.फणिन्द्रप्रसाद बराल (जिल्ला अस्पताल धनकुटा)
डा. दिलीप शर्मा – रजिष्टार नेपाल मेडिकल काउन्सिल
प्रा.डा.भुपेन्द्रकुमार बस्नेत, निर्देशक बीर अस्पताल
डा. निलिजा शाक्य मन्थली प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप
डा. पवनकुमार कर्ण चिकित्सक विराटनगर
डा.दीपक श्रेष्ठ चिकित्सक काठमाडौँ
डा. रामथापा क्षेत्री (चिकित्सक)
डा.दृष्टिराज्य लक्ष्मी शाह बीरेन्द्र अस्पताल छाउनी
डा.प्रविन नेपाल नेपाल एपीएफ अस्पताल
राधा पौडेल अस्पताल नर्सिङ निरीक्षक जिल्ला अस्पताल दाङ

परम पौरख भास्कर
डा.गोपाल महर्जन – बीरेन्द्र शैनिक अस्पताल

अति पौरख भास्कर
डा.मुन थापा – बीरेन्द्र शैनिक अस्पताल

प्राकृतिक प्रकोप पीडितोद्धार पदक
डा.सुमना थापा – फिल्ड अस्पताल इटहरी

प्रतिक्रिया दिनुहोस्