Logo
|
Monday 6th May 2024
Logo

epaper

गर्भ जँचाउन भिडियो एक्सरे मेशिन



पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।
वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्