Logo
|
Friday 10th May 2024
Logo

epaper

क्लिनिकल न्युट्रिसन तालिम सम्पन्न



ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा सञ्चालन गरिएको ३ दिने क्लिनिकल न्युट्रिसन तालिम सम्पन्न भएको छ । सो तालिममा अस्पतालका डाक्टर, नर्स, फार्मेसिष्टलगायत ६० जना व्यक्तिको सहभागिता रहेको थियो ।

भारतबाट आएका वरिष्ठ क्लिनिकल न्युट्रिसियन डा. षडानन्दले क्यान्सर साइसेक्सिया, क्याटाबोलिजमको प्याथोसाइकोलोजी र क्यान्सरका बिरामीहरुलाई आर्टिफिसियल न्युट्रिसन थेरापी, इन्टरनल न्युट्रिसन, संकेत, विपरित संकेत, मार्ग र विधि, प्यारेन्टल पोषण आदिबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

यसैगरी भारतबाट आएकी डायटिसियन रसिक पराबले क्यान्सरमा पोषण स्क्रिनिङ, पोषण आँकलन, इन्टरनल न्युट्रिसियनको मोनिटरिङ र कम्प्लिकेसनबारे जानकारी दिनुभएको थियो । अस्पतालकी पोषण विभागकी प्रमुख कविता महर्जनले क्यान्सर बिरामीहरुमा शारीरिक तौल घटिरहने कारण पोषणको महत्वपूर्ण भूमिका हुने भएकाले यो तालिम निकै फलदायी भएको बताउनुभयो ।
अस्तालका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले अस्पतालमा क्लिनिकल न्युट्रिसन सेन्टर स्थापना गरी देशभरका अस्पतालहरुमा कार्यरत डाक्टर, नर्स, फार्मेसिष्टहरुलाई तालिम प्रदान गर्दै जाने लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्